२२ माघ २०८२, बिहिबार | February 5, 2026

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन



काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेका छन् ।

गृहमन्त्री लामिछानेको निर्देशनमा गृहले  सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समति गठन गरेको हो । समितिमा गृहका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् ।

गत चैत ५ गते सर्वोच्च परिसरमा प्रसाईंका सहयोगी दीपक खड्का र राजकुमार धितालका साथबाट अर्धस्वचालित हतियार र सय गोली फेला परेको थियो ।

खड्का र धिमाललाई पक्राउ गरि प्रहरीले अनुसन्धान थालेको बेला सर्वोच्चले उनीहरूलाई थुनामुक्त गर्न आदेश जारी गर्दै इजाजतपत्र दिन नहुने हतियारलाई इजाजत दिएको विषयमा छानबिन गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि गृहमन्त्री लामिछानेले छानबिन समिति गठन गरेका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : ४५ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद