२९ मंसिर २०८२, सोमबार | December 15, 2025

महालेखा परीक्षकमा तोयम राया सिफारिस



काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई महालेखा परीक्षकमा सिफारिस गरेको हो । पूर्व अर्थसचिव राया हाल तथ्यांक कार्यालयको प्रमुख हुन् ।

यसअघि टंकमणि शर्मा महालेखा परीक्षक थिए । उनी गत जेठ ८ गते सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

रायाको अव संसदीय सुनुवाई हुनेछ । त्यसबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

संवैधानिक परिषद्को आजको बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना सहभागी भएका थिए।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ११ : २८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती