१३ श्रावण २०८३, बुधबार | July 29, 2026

रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनको अध्यक्षमा सन्त बहादुर कवंर



बुटवल । रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

अधिवेशनबाट अध्यक्षमा सन्त बहादुर कंवर निर्वाचित भएका छन । साथै उपाध्यक्षमा मेघ बहादुर घिमिरे निर्वाचित भएका छन भने कोषाध्यक्षमा किसन बहादुर केसी निर्वाचित भएका छन । त्यस्तै सचिवमा विश्वनाथ पाण्डे निर्वाचित भएका छन । अधिवेशनबाट सह-सचिवमा अमृता गौतम निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरुमा जगदिश चौधरी थारु, कृष्ण प्रसाद ढकाल, सुरेश केसी, राधा पौडेल निर्वाचित भएका छन । त्यस्तै लेखा समिती संयोजकमा यादव पाण्डे (क्षितिज) सदस्यहरुमा लक्ष्मण तिमिल्सिना र सुवास भट्टराई निर्वाचित भएको छन । साथै मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनले तिलोत्तमामा कार्यक्षेत्र बनाएर संस्था दर्ता गरेको प्रति खुशी व्यक्त गरेका छन । उनले एसोसियसनलाई नगरपालिकाले सधै साथ र सहयोग गर्ने बताउँदै व्यवसायिक हत हितका निम्ति संस्थाले चालेको कदम उत्कृष्ट रहेको बताएका थिए ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु प्रहरी प्रशासन पत्रकार, कानुनी सल्लाहकार एवम व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य शंकर केसीले राखेका थिए त्यस्तै संस्थाको बारेमा ठाकुर पन्थीले जानकारी गराएका थिए भने सञ्चालन सचीव विश्वनाथ पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : ३१ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला