१२ असार २०८३, शुक्रबार | June 26, 2026

तिलोत्तमामा रुपन्देही जिल्लास्तरीय भेट्रान व्याडमिन्टन प्रतियोगिता सम्पन्न



तिलोत्तमा । मधवलिया व्याडमिन्टन क्लब तिलोत्तमा १६ बिहुलीले रुपन्देही जिल्लास्तरीय भेट्रान व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।

४५ बर्ष भन्दा माथी र ६० बर्ष भन्दा माथिको उमेर समुहमा भएको युगल पुरुष व्याडमिन्टन प्रतियोगितामा ३५ टिमको सहभागीता रहको थियो । जसमा ४५ बर्ष भन्दा माथी भएको प्रतियोगितामा बुटवल व्याडमिन्टन क्लबका बिरेन्द्र बिस्ट र धर्म थापाको जोडि प्रथम, मधवलिया व्याडमिन्टन क्लबका होम गुरुङ (लाहुरे) र चेत बलालको जोडि दोस्रो, फिट एण्ड फाइनका सुरज गुरुङ र वसन्त थापा तथा तामनगर व्याडमिन्टन क्लबका प्रकाश बन र सुबास कर्मचार्य तेस्रो भएका छन ।

त्यसै गरि ६० बर्षभन्दा माथिको उमेर समुहमा बुटवल व्याडमिन्टन क्लबका पिताम्बर ज्ञवाली र इन्द्रलालको जोडि प्रथम, बुटवल व्याडमिन्टन क्लबकै लिला अर्याल र रिसि भन्डारी दोस्रो, मधवलिया व्याडमिन्टन क्लबका क्या.तुलबहादुर राना र सुबेदार तारा बहादुर पुन तथा भैरहवा व्याडमिन्टन क्लबका महेन्द्र कुमार र गणेश छेत्रीको जोडी तेस्रो भएका छन ।

प्रतियोगितामा साना तथा घरेलु उद्योग महासघंका केन्द्रीय सदस्य बसन्त रोक्काले प्रमुख अतिथिको आसनबाट शुभकामना मन्तव्य दिदै स्थानीय स्तरमा आयोजना गरिने खेलकुद कार्यक्रमले मानिसहरुमा स्वास्थसँगै सामाजिक दायित्व निर्वाहमा असल भुमिका खेल्ने बताए । प्रतियोगितामा क्लबका अध्यक्ष कशव चौधरीको अध्यक्षता, खेल संयोजक क्या. तुलबहादुर रानाको स्वागत र सुन्दर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ३० बजे

नेदरल्याण्ड्स समूह एफको विजेता, जापान उपविजेताका रूपमा नकआउट चरणमा

काठमाडौं । ट्युनिसियामाथि ३-१ को सहज जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी

विश्वकप फुटबल : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौं । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध