१९ असार २०८३, शुक्रबार | July 3, 2026

आइपिएल : मुम्बईमाथि राजस्थान रोयल्सको शानदार जित



काठमाडौं । राजस्थान रोयल्सका बलरसामू टिक्न नसक्दा मुम्बई इन्डियनले तेस्रो खेलमासमेत खाता खोल्न सकेन । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्गर्तत सोमबार राति भएको खेलमा राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई ६ विकेटले पराजित भएको छ ।

वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२५ रन मात्र बनाएको थियो ।

मुम्बईको इनिङलाई धराप पार्न राजस्थानका लागि ट्रेन्ड बोल्ड र युजवेन्द्र चहाले तीन तीन विकेट हात पारे । ट्रेन्ड बोल्डले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसको विकेट लिएका थिए । उनीहरू खाता खोल्न नपाउँदै शून्यमै आउट भए । नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो ।

मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले सर्वाधिक ३४ रन बनाए। २१ बल खेलेका उनले ६ चौका प्रहार गरे । तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे ।

१२६ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि रियान परागले नटआउट ५४ रनको अर्धशतकीय पारी खेले । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन नगरे पनि मुम्बईले दिएको सामान्य लक्ष्य राजस्थानले सहजै भेटेको हो ।

उसका लागि रविचन्द्रन आश्विन १६, जोस बटलर १३, कप्तान सञ्जु सैमसन १२, यशस्वी जैसवाल १० रनमा आउट हुँदा शुभम दुबे ८ रनमा नटआउट रहे ।

मुम्बईका लागि आकाश माधवालले ३ र क्वेना माफाका १ विकेट हात पारे । यो खेलसँगै तीन खेलमा तीन जित निकाल्दै राजस्थान ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई भने तीन खेलमा अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : २८ बजे

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३