२ पुस २०८२, बुधबार | December 17, 2025

गुजरातविरुद्ध पहिला ब्याटिंग गर्दै नेपाल



काठमाडौं । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यस खेलमा गुजरातले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ । नेपालले यस अघि गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको थियो ।

त्यसैगरी गुजरात क्रिकेट एसोसियसनले सोमबार सम्पन्न खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो भने बरोडाले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

नेपालको प्लेइङ-११ :

रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह,  गुलशन झा, सोमपाल कामी, प्रतिस जिसी र अविनास बोहोरा ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  २ : ५२ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व