२२ माघ २०८२, बिहिबार | February 5, 2026

एसइईमा अनलाईन चिट चोराउने विद्यालयका प्रिन्सिपल सहित ५ जना पक्राउ



नेपालगन्ज । सूचना प्रबिधिको विकाससँगै परीक्षामा चिट चोर्ने कार्यमा पनि सूचना प्रबिधिको प्रयोग हुन थालेको छ । जारी मंगलबारको एसइई परीक्षामा बाँकेमा सूचना प्रबिधीको प्रयोग गरि चिट चोराउने गिरोहका ५ जना प्रशासनको फन्दामा परेका छन् ।

परीक्षा केन्द्रबाट प्रश्नपत्र अनलाईनको माध्यमबाट बाहिर पठाउने र बाहिरबाट सामाजिक सञ्जालको प्रयोग गरि उत्तर लेखेर परीक्षार्थी सम्म पुर्‍याउने गिरोहलाई प्रशासनले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । अनलाईन चिट चोराउने कार्यमा विद्यालयका प्रिन्सिपल आफै संलग्न रहेको फेला परेको बाँके प्रशासनले जनाएको छ । सूचना प्रबिधिको माध्यमबाट चिट चोराउने लोटस इंग्लिश मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार पक्राउ पर्नेमा सोही बिद्यालयका पार्ट-टाइम शिक्षक अफ्ताव खान र एवन कन्सल्टेन्सिका संचालक ईर्फान अलि मिकरानी सहित दिलिप बिक र संतोष नेपाली रहेका छ्न् ।

पक्राउ परेकाहरुले कन्सल्टेन्सिबाट मोबाइल प्रयोग गरि प्रश्न पत्र आउट गराउने र उत्तर तयार गरि व्हाट्स एप मार्फत बिद्यार्थीलाई पठाउने गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रजिअ पोखरेलले बताए । प्रशासनको टिमले कन्सल्टेन्सिबाट मोबाइल- ५ थान , ल्यापटप- १ थान , गाईड, सोलुसन , केही मोबाइल नम्वर उल्लेख भएको कागज बरामद गरेको छ । लोटसका शिक्षक अफ्ताव लगायतले मोबाइल नम्बर ९८०४५४४१७६ बाट २७ जनाको वाट्सएप ग्रुप बनाएर समुहगतरुपमा उत्तर पठाउने कार्य गरेको पोखरेलले बताए । परिक्षालाइ मर्यादित बनाउन ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष सहितको टिमलाई परिवर्तन गरिएको उनले बताए ।

पक्राउ परेकी कन्सल्टेन्सीकी कर्मचारी स्नेहा चौधरीलाई भने सोधपुछ गरि छाडिएको र ५ जना उपर अनुसन्धान भैरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ५ : ३३ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद