१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु



इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन ।

उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भनिन, “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।”

बुधबार एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख केदार थापाले उद्योगको उद्घाटन गरेका छन । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गरे । “अहिलेकै उत्पादनले परिपूर्ति नहोला तर, उत्पादनमा वृद्धि गरेर ‘प्याड’मा इलामलाई आत्मनिर्भर बनाउने कुरामा सफलता मिल्छ भन्नेमा ढुक्क छु”, उनले भने, “महिलाले उद्योग सञ्चालन गरेको कुराले समाजमा सकारात्मक सन्देश प्रवाह भएकामा खुसी छु ।”

उक्त उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदमले जानकारी दिइन । उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उनले बताइन । उनका अनुसार उद्योगमा अहिले दुई जना महिला कार्यरत छन् । उद्घाटन कार्यक्रममा उपप्रमुख विष्णु दाहाल, वडाध्यक्षहरु नुतनदेव दुुलाल, नरेश श्रेष्ठ, गायत्रीराम बस्नेत, पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराई, औषधि व्यवसायी सङ्घका अध्यक्ष वासु घिमिरे, महिला सशक्तीकरणकी अध्यक्ष ज्योतिमाला प्रधानको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : ०७ बजे

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ

बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन

म्याग्दी । शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ ।

नेपालगन्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

वर्षाका कारण न्युजिल्याण्ड र पाकिस्तानको खेल रद्द, दुवैले पाए एक-एक अंक

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर-८ चरणको पहिलो