१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपाली सेनाले यसवर्ष पनि गोरखा देखि जितगढीसम्मको पदयात्रा गर्ने



बुटवल । नेपाली सेनाले यसवर्ष पनि पश्चिम क्षेत्रका नेपाल एकीकरण तथा नेपाल अङ्ग्रेज युद्धको समयमा गोरखादेखि जितगढीसम्म प्रयोग गरेका गढी, किल्ला तथा मार्गहरूमा पदयात्रा गर्ने भएको छ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरणका क्रममा प्रयोग भएका किल्लाहरु सहित कर्णेल उजिर सिंह थापाको नेतृत्वमा अङ्ग्रेजसँगको युद्ध गर्दा प्रयोग भएका गढी किल्लाहरूमा यसवर्ष पनि नेपाली सेनाले पश्चिम पदयात्रा नाम दिई गोरखादेखि जितगढीसम्म पदयात्रा गर्ने भएको हो ।

गोरखा दरबारबाट चैत २७ गते सुरु हुने नेपाली सेनाको पैदलयात्रा तनहुँ, स्याङ्जा हुँदै वैशाख २ गते बिहान रामपुर केलादी घाटबाट पाल्पा प्रवेश गर्ने र बैशाख ७ गते जितगढी किल्ला बुटवल पुगेर समापन हुने छ । गोरखा दरबारदेखि जितगढीसम्मको ३०५ किलोमिटर दूरी रहेको पदयात्रामा सेनाको टोलिले पाल्पामा मात्र १६५ किलोमिटर यात्रा पार गर्ने छ ।

१८७१ साल देखि १८७२ सम्म भएको नेपाल अङ्ग्रेज युद्धमा नेपाली सेनाले बुटवल जितगढी क्षेत्रबाट अङ्ग्रेज फौजलाई हराएर नेपाली भूमि रक्षा गरेको थियो । कर्णेल उजिर सिंह थापाको कमाण्डमा भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज पल्टनलाई गोरखपुर कटाएर विजय हासिल गरेको थियो ।

नेपाली सेनाको पदयात्री टोली वैशाख २ गते रामपुरको केलादी घाटबाट रामपुरको ऐतिहासिक पौवा, देवीस्थान, सीताकुण्ड, निस्दीको बेलडाँडा, सिलुवा, रामपुरको जब्गादी, पुर्वखोलाको वीरकोट हुँदै बाकुमगढी सम्मको ३५ किलोमिटर पदयात्रा गर्ने छ। वैशाख ३ गते बाकुमगढीबाट रम्भाको ताहुँ, हुमिन, पूर्वखोलाको देवीनगर, मुन्टुङ, केरौली, माथागढीको झडेवा, जगात, गोठादी हुँदै माथागढीसम्मको ३९ किलोमिटर पदयात्रा गर्ने छ।

वैशाख ४ गते माथागढीदेखि तानसेनको प्रभाससम्म ३५ किलोमिटर पदयात्रा गर्ने छ। वैशाख ६ गते प्रभासदेखि दोभान सम्मको ३२ किलोमिटर पदयात्रा गर्ने छ भने वैशाख ७ गते दोभानबाट नुवाकोट हुँदै बुटवल जितगढीसम्मको ७ किलोमिटर यात्रा गरी गरुड दल गणलाई झण्डा हस्तान्तरण गर्ने छ । ७ गते नै बुटवलको जितगढीमा आयोजना हुने विजय उत्सव समारोहमा सहभागी भइ कर्णेल उजिरसिंह थापाको शालिकमा सलामी अर्पण गरेपछि पदयात्रा समापन हुनेछ । पदयात्राको गोर्खा टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई, तनहुँको टोलीले रामपुरको केलादीघाटमा पाल्पालाई र पाल्पाले बुटवलमा झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। पदयात्रा टोलीलाई गोरखाको रिपुमर्दनी गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गणले आ आफ्नो जिल्लामा व्यवस्थापन मिलाउने दि फेमश महिन्द्र दल गण गणपति भुपेन्द्र गुरुङले बताए।

पदयात्रा टोलीमा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी , श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मका कम्तीमा दुई दुई जनाको अनिवार्य सहभागितामा ५२ जना नेपाली सेनाका अधिकृत तथा जवानहरू सहभागी हुने छन्।

नेपाली सेनाले प्रत्येक वर्ष पुस २७ गते पूर्वतर्फको गोरखा–काठमाडौं एकीकरण पदयात्रा गर्दै आएको छ भने गत वर्षदेखि गोरखा जितगढी पश्चिम पदयात्रा सुरु गरेको हो।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १० : २७ बजे

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले