२६ माघ २०८२, सोमबार | February 9, 2026

नेपालको लज्जास्पद ब्याटिङ, आयरल्याण्ड ‘ए’लाई एकदिवसीय शृङ्खला



काठमाडौं । आयरल्याण्ड ‘ए’ले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खलामा कब्जा जमाएको हो । नेपाली बलरले आइरल्याण्डलाई सस्तैमा समेटेपनि ब्याटरहरुको लज्जास्पद प्रस्तुतीपछि नेपाल पराजित भएको हो । आयरल्याण्ड ‘ए’ पहिलो खेलमा २१ रनले विजयी भएको थियो ।
आयरल्याण्ड ‘ए’ले जितका लागि प्रस्तुत गरेको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ दशमलव पाँच ओभरमा ६० रनमा समेटियो । नेपाल ‘ए’ टोलीका कुनै पनि ब्याटरहरुले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपाल ‘ए’का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पाँच ब्याटरहरु देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमल ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।  नरेन भट्टले छ, अर्जुन साउदले पाँच, बसिर अहमदले छ र सहाब आलमले एक रन बनाए ।
आयरल्याण्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्याड र थोमस माएजले दुई÷दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो ।
उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए ।
प्रतियोगिताको अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  २ : ३३ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय