२७ भदौ २०८३, शनिबार | September 12, 2026

भोलिबाट जनयुद्धका सहिद डम्बर रानाभाटको स्मृतिमा फुटवल प्रतियोगिता हुँदै



खजुरा । जनयुद्धका सहिद डम्बर रानाभाटको स्मृतिमा बाँकेको खजुरामा दोस्रो सृङ्खलाको फुटबल प्रतियोगिता हुने भएको छ । हिमालय सामुदायिक क्लवको आयोजनामा खजुरा स्थित धौलागिरीमा दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिता हुने भएको हो । आयोजक हिमालय युवा क्लवले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष किरण थापाले भोलि (शनिबार)बाट ३० गते सम्म प्रतियोगिता संचालन हुने जानकारी दिए । उनले १४ टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५५५ रुपैयाँ मेडल र प्रमाण पत्र दिइने बताए । धौलागिरी स्थित नेरामाबीको प्राङ्गनमा प्रतियागिता संचालन हुने उनले जनाए । उनका अनुसार प्रतियोगितामा दोस्रो हुनेलाई ३० हजार ५५५ मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले खेल अवधिभरका उत्कृट खेलाडीलाई संघको तर्फबाट ३ हजार १०० पुरस्कारको घोषणा गरे । प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन सहिद रानाभाटका दाजु सुर्यबहादुर रानाभाट र दोस्रो पुरस्कारको प्रायोजन चाचा ईट्टाभट्टाले गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको चैत्र २४ गते दिउँसो २ बजे सहिद रानाभाटका बुवा आमा र खजुरा गाँउपालिकाका प्रमुख डम्बर बिक(तुफान)ले गर्ने क्लवका सचिव जीवन कार्कीले जानकारी दिए । प्रतियोगितामा ३ लाख ४६ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । कार्यक्रममा फुटवल संघको तर्फबाट खेल सामाग्री (बल) महासचिव खत्रीले क्लवलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लवको टिम क्याप्टेन सुबास बुढाथोकी र संरक्षक देवबहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो ।

जनयुद्धमा होमिएका धौलागिरीका स्थानीय युवा डम्बर रानाभाटको जनयुद्धका क्रममा २०५८ फागुन ११ गते हत्या भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : १२ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा