१३ श्रावण २०८३, बुधबार | July 29, 2026

निशुल्क स्वास्थ शिविर सम्पन्न



भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा न. २ मा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । जितेन्द्र-मणि स्मृति प्रतिष्ठान, लुम्बिनीले शनिबार निशुल्क स्वास्थ शिविर सम्पन्न गरेको हो ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसको प्राविधिक सहयोग र वडा न. २ को व्यवस्थापकीय सहयोगमा शिविर सम्पन्न भएको थियो । शिविरमा महिला तथा प्रसुती सेवा, सामान्य चिकित्सक विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग, नाक, कान तथा विशेषज्ञ, छाला तथा यौन रोगको विशेषज्ञ, रक्त जाच परिक्षण तथा रिपोर्ट सेवा उपलब्ध रहेको थियो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तायक अहमद खानले मानिसको स्वास्थय प्रमुख गहना भएकोले समयसमयमा स्वास्थ परिक्षण गर्नुपर्नेमा जोड दिए ।

सहिद जितेन्द्र-मणि स्मृति प्रतिष्ठान, लुम्बिनीका अध्यक्ष तिरबहादुर रोका मगर (डार्विन)ले प्रतिष्ठानले सिद्धार्थनगर नगरपालिकालाई पहिलो प्राथमिकतामा राखी समयसमयमा प्रत्येक वडामा स्वास्थ्य शिविरको आयोजना गरिरहेका र भविस्यमा पनि शिविरलाइ निरन्तरता दिने प्रतिबद्धता गरे ।

शिविरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका प्रशासन प्रमुख तेज केसिले सहिद जितेन्द्र-मणि स्मृति प्रतिष्ठानले कोभिडको महामारीको समयमा पनि जनताको स्वास्थयलाई मध्यनजर गरि काम गरेको स्मरण गरे । सिद्धार्थनगर नगरपालिका वडा न. २ का अध्यक्ष छेदिलाल श्रीवास्ताबले सहिद जितेन्द्र-मणि स्मृति प्रतिष्ठानलाइ कृतज्ञता व्यक्त गर्दै शिविरले जनताको स्वास्थ अवस्थामा सकारात्मक प्रभाव पर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका वडा न. ३ का अध्यक्ष नारायण उपाध्यायले महिलाहरुले लाज नामानी विशेषज्ञहरुलाइ आफ्नो समस्या खुलेको बताउन आग्रह गरे । शिविरबाट करीब ३०० जनाले सेवा लिएका छन ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ०८ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन