७ भदौ २०८३, आइतबार | August 23, 2026

लुम्बिनीबाट नेपाललाई विश्वशान्ति केन्द्रको रूपमा विकास गर्ने सामूहिक सङ्कल्प



लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित विराट चक्र विज्ञान एवं जीवन विज्ञान कार्यक्रमबाट नेपाललाई विश्वशान्ति केन्द्रका रूपमा विकास गर्ने सामूहिक सङ्कल्प गरिएको छ ।

लुम्बिनीमा एक सातादेखि सञ्चालित विराट चक्र विज्ञान कार्यक्रमको आज समापन कार्यक्रम तथा लुम्बिनी आध्यात्मिक जागरण उत्सव घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका बिभिन्न दलका शीर्षनेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारीसहित अभियान्ताहरूले सामूहिक रूपमा विभिन्न पाँच बुँदे सङ्कल्प गरे ।

कार्यक्रममा नेपाल योगभूमि, ज्ञानभूमि, बुद्धभूमि तपोभूमि रहेकाले यहाँ मैत्रीभाव समानता र शान्तिको प्रवर्द्धन गरी नागरिकको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म लिङ्ग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रका रूपमा रुपान्तरित गर्ने उल्लेख गरिएको छ ।

यस्तै नेपालमा विसं २०८१ को प्रवेशसँगै नेपाली भूमिमा उत्पत्ति भएको ध्यान र योग देशभर प्रवर्द्धन गर्ने सङ्कल्प गर्दै पूर्वीय संस्कृतिको प्रयोग, संवर्द्धन तथा अभिवर्द्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषय सम्बद्ध उपयुक्त पाठ्यक्रम एवं तालिमका लागि जनशक्ति तयार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सङ्कल्पमा नेपालमा रहेका ध्यान, योग र चिकित्सा पद्धतिलाई विश्वसामु उपलब्ध गराएर समग्र विश्वशान्ति एवं सहअस्तित्वको सन्देशका लागि वैज्ञानिक पद्धतिको सञ्चार गर्ने र विदेशस्थित नियोग, दूतावास एवं कूटनीतिक सञ्जालमार्फत विश्वभर फैलाउने उल्लेख छ ।

नेपाललाई ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट शान्ति, पर्यटनको केन्द्रका रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्याउने, देशभर ध्यान र योग प्रवर्द्धन गर्न सक्रिय र समर्पित संस्था तथा अभियान्ताहरूसँग परामर्श तथा सहकार्य गरी सबै सरकारी एवं पर्यटकीयस्थल तथा कार्यालयमा ध्यान तथा योग पद्धतिहरूको प्रयोगका लागि उपयुक्त व्यवस्था मिलाउने सङ्कल्प गरिएको छ ।

यही चैत १७ गतेदेखि आयोजित विराट चक्र विज्ञान कार्यक्रममा देशभरिका र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत गरी पाँच हजारभन्दा बढी सहभागी रहेको थियो । आज लुम्बिनी आध्यात्मिक जागरण उत्सव घोषणा कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव जातिको हित र कल्याणका लागि समृद्ध जीवनयापनका लागि योग ध्यान आवश्यक रहेको बताए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको चरणमा लैजान र सुशासन स्थापनाका लागि नकारात्मक, अराजकता भावना रोक्न जीवन दृष्टिकोणसहित योग ध्यान चलाउनुपर्नेमा जोड दिए । यस खालको कार्यक्रम जीवनको साँचोलाई देशव्यापी बनाउने अभियानको थालनी रहेको बताए ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले योग र ध्यान शरीर विज्ञानको एउटा पाटो रहेकाले शरीरका लागि अत्यावश्यक विषय रहेको बताए ।

नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीमा यस खालको बृहत् कार्यक्रम सफल अभियान र उत्सवको रूपमा जनमानसमा सन्देश प्रवाह भएको बताए । उनले प्रकृति र विज्ञान अत्यन्तै अन्योन्याश्रित सम्बन्ध रहेका बताउँदै मानव जीवनलाई सफल बनाउन जीवन विज्ञान बुझ्नु र सही बाटोमा हिँडाउनु जरूरी रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जीवन विज्ञानले सबैलाई जोड्ने काम गरिरहेको र यसले आम जनमानसमा जागरणा पैदा भएको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १० : ११ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र