२३ चैत्र २०८२, सोमबार | April 6, 2026

१४ वर्षपछि अभिनयमा कमब्याक गर्दै फरदीन खान



काठमाडौं । अभिनेता फरदीन खान १४ वर्षपछि सञ्जय लीला भन्सालीको सिरिज हीरामण्डीबाट कमब्याक गर्दैछन् । निर्माण पक्षले पोस्टर सेयर गरेर यो जानकारी दिएको हो ।

उनले यस पिरियड ड्रामा सिरिजमा अली मोहम्मदको भूमिका निर्वाह गर्नेछन् । फरदीन अन्तिम पटक २०१० मा आएको फिल्म ‘दुल्हा मिल गया’ मा देखिएका थिए । त्यसयता फरदीन फिल्म पर्दाबाट गायब भएका थिए ।

फरदीनले सन् २००१ मा फिल्म ‘प्रेम अगन’ बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म उनका बुबा फिरोज खानले निर्देशन गरेका थिए । फरदीनले आफ्नो करियरमा ‘नो एन्ट्री’ र ‘हे बेबी’ जस्ता मल्टिस्टार फिल्ममा अभिनय गरेका थिए तर उनी कहिल्यै एकल हिट भएनन् । सन् २०१० मा रिलिज भएको ‘दुल्हा मिल गया’ उनको अन्तिम फिल्म थियो ।

सञ्जय लीला भन्सालीको आगामी सिरिज हीरामंडी लामो समयदेखि चर्चामा छ । यस सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल, फरिदा जलाल जस्ता कलाकारहरुको अभिनय रहनेछ ।

सिरिजमा जम्मा ८ एपिसोड हुनेछन् । यो शृङ्खला मे १, २०२४ मा नेटफ्लिक्स मा रिलिज हुनेछ ।

रिपोर्टका अनुसार हिरामण्डीको इतिहास ४५० वर्ष पुरानो छ । यो पाकिस्तानको लाहोर सहरको एउटा क्षेत्र हो । यसलाई ‘शाही मोहल्ला’ पनि भनिन्छ । उज्बेकिस्तान र अफगानिस्तानका महिलाहरू हिरामण्डीमा आउने गर्थे । यहाँ आएर उनी शास्त्रीय नृत्य र गीत गाउने गर्थे । अकबरको शासनकालमा हिरामण्डीलाई ‘शाही मोहल्ला’ भनिन्थ्यो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : ०९ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का