१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

१४ वर्षपछि अभिनयमा कमब्याक गर्दै फरदीन खान



काठमाडौं । अभिनेता फरदीन खान १४ वर्षपछि सञ्जय लीला भन्सालीको सिरिज हीरामण्डीबाट कमब्याक गर्दैछन् । निर्माण पक्षले पोस्टर सेयर गरेर यो जानकारी दिएको हो ।

उनले यस पिरियड ड्रामा सिरिजमा अली मोहम्मदको भूमिका निर्वाह गर्नेछन् । फरदीन अन्तिम पटक २०१० मा आएको फिल्म ‘दुल्हा मिल गया’ मा देखिएका थिए । त्यसयता फरदीन फिल्म पर्दाबाट गायब भएका थिए ।

फरदीनले सन् २००१ मा फिल्म ‘प्रेम अगन’ बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म उनका बुबा फिरोज खानले निर्देशन गरेका थिए । फरदीनले आफ्नो करियरमा ‘नो एन्ट्री’ र ‘हे बेबी’ जस्ता मल्टिस्टार फिल्ममा अभिनय गरेका थिए तर उनी कहिल्यै एकल हिट भएनन् । सन् २०१० मा रिलिज भएको ‘दुल्हा मिल गया’ उनको अन्तिम फिल्म थियो ।

सञ्जय लीला भन्सालीको आगामी सिरिज हीरामंडी लामो समयदेखि चर्चामा छ । यस सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल, फरिदा जलाल जस्ता कलाकारहरुको अभिनय रहनेछ ।

सिरिजमा जम्मा ८ एपिसोड हुनेछन् । यो शृङ्खला मे १, २०२४ मा नेटफ्लिक्स मा रिलिज हुनेछ ।

रिपोर्टका अनुसार हिरामण्डीको इतिहास ४५० वर्ष पुरानो छ । यो पाकिस्तानको लाहोर सहरको एउटा क्षेत्र हो । यसलाई ‘शाही मोहल्ला’ पनि भनिन्छ । उज्बेकिस्तान र अफगानिस्तानका महिलाहरू हिरामण्डीमा आउने गर्थे । यहाँ आएर उनी शास्त्रीय नृत्य र गीत गाउने गर्थे । अकबरको शासनकालमा हिरामण्डीलाई ‘शाही मोहल्ला’ भनिन्थ्यो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : ०९ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का