१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जोखबहादुर महराले लिए लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको सपथ, को हुन् मुख्यमन्त्री महरा ?

३ पार्टीका ३ जना बिनाविभागिय मन्त्री नियुक्त



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री महराले मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले आजै प्रदेश सरकारमा ३ जना मन्त्री नियुक्त गर्दै सपथ समेत खुवाएका छन् । महरा नेतृत्वको मन्त्रिपरिषदमा पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दिपेन्द्र पुन सिजल र जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिरले सपथ लिएका छन् ।

नयाँ सत्ता समिकरणबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा महरा रहेको उनी निकट स्रोतको दाबी छ ।महरालाई एमाले, माओवादी, जसपा, लोसपा, नउपा सहित एक जना स्वतन्त्र सांसदले समर्थन जनाएको महराको दाबी छ ।

सपथ ग्रहणमा निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, प्रदेशसभाका सभामुख तुलाराम घर्ती, एमाले संसदीयदलका नेता लिला गिरी लगायतको उपस्थिती रहेको छ ।

को हुन् मुख्यमन्त्री महरा ?
माओवादी भित्र प्रताप नामबाट बोलाईने मुख्यमन्त्री जोख बहादुर महराको जन्म २०२० साल कार्तिक १ गते साविक गजुल –२ रोल्पा, हाल सुनिलस्मृति–५ गजुल काट्रने रोल्पामा भएको हो । बुवा स्वर्गीय खलबहादुर महरा र रमिता महराबाट जन्मेका महराले विद्यार्थीकालबाटै राजनीति गर्न थालेका हुन् ।

२०३५(३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा आकर्षित भएका महरा आज सम्म राजनीतिबाट थाकेका छैनन् । ३६ सालमा दाङको घोराहीबाट विद्यार्थी आन्दोलनमा होकिएका जोखबहादुरले २०३७ देखि ३९ साल सम्म प्राबि शिक्षक भएर अध्यापन र राजनीति सँगसँगै लगेका थिए । २०३९ देखि ४४ सम्मपनि माबी शिक्षक र राजनीति गरिरहेका महरा शिक्षणसँगै २०४२ सालमा अ.ने.रा.स्व.वि.युको सचिव बनेका थिए । विद्यार्थी राजनीतिकै बेला महराले २०४२ सालमा नेकपा मशालको पार्टी सदस्यता प्राप्त गरेका थिए । पार्टीले २०४३ सालमा अ.ने.रा.स्व.वि.युको केन्द्रीय सदस्यको जिम्मेवारी तोकेका महरा २०४७ सालमा भने नेकपा मशालको रोल्पा जिल्ला कमिटी सदस्य बनेका थिए ।

२०५० सालमा पार्टीको पूर्णकालिन कार्यकर्ता बनेका महराले एस.एल.सि. श्री जनज्योतिमावि गजुल रोल्पाबाट, प्रमाणपत्र तह, राजनितिशात्र÷अर्थशात्र, संस्कृति,महेन्द्र बहुमुखी क्याम्पस दाङबाट तथा स्नातकतह पनि राजनितिशात्र÷अर्थशात्रमा महेन्द्र बहुमुखी क्याम्पस दाङबाट गरेका हुन् ।

२०५० मा पूर्णकालिन भएलगत्तै महरा २०५१ सालमा ने.क.पा. (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी, २०५४ सालमा नेकपा (माओवादी) को क्षेत्रीय व्यूरो सदस्य, २०५६ देखि २०६० साल सम्म नेकपा माओवादीको अन्र्तराष्ट्रिय विभागको जिम्मेवारी, २०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका थिए ।
अविचलित राजनीतिमा रहेका महराले २०६४ सालमा नेकपा माओवादीको तर्फ बाट संविधान सभा सदस्य, २०६२ देखि २०६५ साल सम्म पार्टी अध्यक्ष क. प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाएका थिए । २०६६ सालमा पार्टीको बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला इन्चार्जको जिम्मेवारी समेत महराले निभाएका थिए । ०७४ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख स्वकीय सचिव सहित २०७२ देखि २०७८ सम्म अध्यक्ष क.प्रचण्डको प्रमुख स्वकीय सचिव भएर महराले हेडक्वाटरको व्यवस्थापन गरेका थिए ।

हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेका उनी विगत निर्वाचनमा रोल्पा जिल्ला प्रदेश सभा क्षेत्र नं.१ को बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवार बनेर निर्वाचनमा विजयी भएका थिए । माओवादी लुम्बिनी प्रदेश संसदीयदलका नेता रहेका महरासँग छोटो समय मुख्यमन्त्री लिलागिरीको बेला अर्थमन्त्रालय संचालनको समेत अनुभव रहेको छ ।

फोटो सौजन्य : कपिल अधिकारी

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : २६ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल