२३ भदौ २०८३, मंगलबार | September 9, 2026

गण्डकीको मुख्यमन्त्री नियुक्ति विरुद्ध कांग्रेस सर्वोच्च जाँदै



काठमाडौं। गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।

राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेर अगाडी बढेपछि अब कांग्रेस सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका थिए ।

अधिकारीले आजै ३स् ३० बजे तीन सदस्यीय मन्त्रिपरिषद बनाएर शपथको तयारी गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : ४८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी