१० श्रावण २०८३, आइतबार | July 26, 2026

कांग्रेसको आगामी महाधिवेशनमा चन्द्र भण्डारीले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा



बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि वजेट नपुगेको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भण्डारीले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने बताए । भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई घटाएर १८ हजारमा र एक लाख कर्मचारीलाई घटाएर ५० हजारमा झार्नुपर्ने धारणा राखे ।

स्थानीय तहलाई नचलाई प्रदेश र केन्द्रको पुनःसंरचना जरुरी रहेको उनको भनाई छ । ‘केन्द्र र प्रदेशमा यति धेरै सांसद, मन्त्री र कर्मचारी आवश्यक छैन,’–भण्डारीले भने–‘तलब जति जनप्रतिनिधि र कर्मचारीमा खर्च भएपछि विकास निर्माण कसरी हुन्छ ?’

उनले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन ठीक रहेको बताए । संसद विघटनलाई कांग्रेसले समर्थन गरेर चुनावमा गएको भए ताजा जनमतबाट कांग्रेस र एमालेलाई नै फाइदा पुग्ने उनको आँकलन थियो । उनले त्यसरी चुनाव भएको भए साना दल पाखा लाग्ने अवस्था रहेको समेत बताए ।

भण्डारीले गृहमन्त्री रवि लामिछाने लगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने बताए । उनले छानवीन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए ।

संविधानले सिंहदरबारको अधिकार स्थानीय तहसम्ममा ल्याइएको, महिला, दलित, मधेशी, पछाडि पारिएका समुदायका लागि समावेशी समानुपातिक सहभागिता सुनिश्चित भएको दाबी गर्दै उनले नागरिकको अवस्थामा परिवर्तन नहुदा र रोजगारीका लागि विदेश पलायनले आमरुपमा जनतामा निराशा छाएको बताए । समानुपातिक प्रणालीमा विज्ञहरु मात्र लैजानुपर्ने उनले बताए । समानुपातिकको दुरुपयोग हुँदा नेताहरुलाई मात्र फाइदा पुगेको उनको तर्क छ ।

नेता भण्डारीले अबको महाधिवेशनमा आफू पार्टी सभापति पदमा उम्मेदवार हुने पनि घोषणा गरे । अहिलेका सभापति शेरबहादुर देउवा विधानको व्यवस्थाका कारण पनि नेतृत्वबाट बिदा लिने बताउँदै उनले आगामी महाधिवेशनमा आफु सभापतिको उम्मेदवार भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ४८ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले