४ श्रावण २०८३, सोमबार | July 20, 2026

सिस्नो पानी न्यानो लाग्न थालेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको बेथिति र विकृति अन्त्य गर्न सिस्नो पानी नेपाल सधैँ सक्रिय हुँदैआएको बताएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नोपानीजस्ता सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहने बताए । “सिस्नोपानीले पोल्छ, तर नेतालाई अचेल सिस्नोपानी न्यानो लाग्न थालेको छ”, उनले भने, “यसले हाम्रा क्रियाकलाप पारदर्शी र सचेत बनाउन मद्दत गर्छ ।”

सिस्नो पानी नेपालले राष्ट्रिय भाव जागृत गर्ने ध्येयले ‘राष्ट्र’ शीर्षकमा सो कार्यक्रम आयोजना गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा सभामुख, मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेता उपस्थिति थिए । कार्यक्रममा राष्ट्रपति पौडेलले गायिका मेनुका पौडेललाई रु एक लाख र ताम्रपत्रसहित सम्मान प्रदान गरे ।

कार्यक्रममा शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा सकारात्मक सोच ल्याउन जरुरी रहेको बताइन् । कार्यक्रममा डा भगवान कोइरालाले देशको मुटु कुशल प्रशासन तन्त्र भएको र त्यसलाई जोगाउने कर्तव्य राजनीतिको हुने सुझाव दिएका थिए । “प्रशासनले प्रभावशाली काम गर्ने वातावरण राजनीतिले दिने हो”, उनले भने ।

कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको सम्झनामा सङ्गीत प्रस्तुत गरिएको थियो । उनकै गीत ‘जहा छन् बुद्धका आँखा….’ पाका कलाकारले प्रस्तुत गरेका थिए । त्यस्तै, हास्य कलाकार मनोज गजुरेल र चन्द्र दवाडीले ‘सहिद गेट’ नामक नाट्य प्रस्तुत गरे । कवि अर्जुन पराजुलीको ‘मेरो देशमा’, र लक्ष्मण गाम्नागेको ‘लेख्न बाँकी एउटा कविता’ ले समसामयिक राजनीतिक एवं सामाजिक विसङ्गति माथि व्यङ्ग्य पोखेको थियो । उक्त कार्यक्रमको परिकल्पना टङ्क आचार्यले गरेका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १० : ३१ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित