५ चैत्र २०८२, बिहिबार | March 20, 2026

सशस्त्रको गोदाम आगलागी घटना : नौ सदस्यीय छानबिन समिति गठन



 

काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) आज भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

उनले भने, “के कारणले आगलागि भयो ?, आगलागीबाट के कति क्षति भयो ? सो विषयमा छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भएको छ, समितिमा विज्ञ व्यक्तिहरु पनि भएकाले छानबिनपछि मात्रै एकिन कुरा भन्न सकिने छ ।”

हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको प्रवक्ता खड्काले बताए । उनका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो । आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आज घटनास्थलमा पुगेर आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै आगलागीबारे जाँच गर्न निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १० : ४१ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको