६ माघ २०८२, मंगलबार | January 20, 2026

कर्णालीमा एमालेका यमलाल कडेँल मुख्यमन्त्री हुदैँ, दावी पेश गरिदैँ



सुर्खेत । कर्णाली प्रदेशमा आज नयाँ सरकारका लागि दरखास्त दिइदैँछ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भए पछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत  चैत २१ गते राजीनामा दिएपछि कर्णालीमा मुख्यमन्त्री पद रिक्त अवस्थामा पुगेको छ ।

प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन् ।

प्रदेश प्रमुख परियारले दिएको समयसिमा अनुसार  नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री दावी गर्दैछन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवाश्यक पर्दछ ।

जसका लागि नेकपा माओवादी केन्द्रको १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पस्ट बहुमत रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ३६ बजे

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र