२७ भदौ २०८३, शनिबार | September 12, 2026

फोहोरमैला व्यवस्थापन राजनीतिक प्राथमिकताको विषय हुनुपर्छ : इयु राजदुत



बर्दिबास । युरोपिएन युनियनका राजदुत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय भएको बताएकी छ्न । मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारबाला संगको छलफलमा राजदुत लोरेन्जोले यस्तो बताएकी हुन ।

उनले बाताबरण हामी सबैको लागि उतिकै महत्त्वपूर्ण रहेको जोड दिंंदै यसलाई राजनीतिक रुपमा स्थानीय प्राथमिकताको बिषय बनाउनु पर्नेमा जोड दिइन ।

उनले भनिन, झबाताबरणलाई राजनीतिक रुपमा पनि प्राथमिक दिनु पर्छ । बाताबरणलाई चक्रीय अर्थतन्त्र संग जोडन सके यसले पर्यावरण संरक्षण संगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ । ञ

त्यस्तै, नेपालका लागि जर्मन राजदुत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा कसरी काम गरि रहेको जिज्ञासा् राखेका थिए ।

बर्दिबास नगरपालिकाको उपमेयर तारादेबी महतोले नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसंग सहकार्य गरेर अगाडी बढी रहेको बताइन । उनले अहिलेपनि फोहोरमैला क्षेत्रमा काम भैरहेको जानकारी गराउंदै अझै नितिगत स्पष्टता सहित दीर्घकालीन ब्यबस्थापनमा जोड दिइन ।

स्वीडन (दिल्ली) मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला ब्यबस्थापन बिश्वब्यापी समस्या भएको जिकिर गर्दै नितिगत रुपमा स्पस्ट हुन सके समाधान गर्न कठिन नहुने बताए । त्यसैगरी, फ्रान्सका राजदुत ग्लिज बोरबाउ, युरोपिएन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन ।

युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासंग मिलेर ग्रीनशिफ्ट परियोजना संचालन गरिरहेको छ ।

छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार बिधालयका प्राधानाध्यापक सहित विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त विद्यालयमा (क्लाइमेट स्मार्ट स्कुल) परियोजना सुचारु हुनेछ । जसमा बिद्यार्थीहरुले प्लास्टिकजन्य फोहोरमैला ब्यबस्थापनको बारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ३ : ३० बजे

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं