२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटवलको मिलनचोकमा रहेको प्लान बी मा ‘न्यू-इयर इभ’ : रचना दाहाल र सिक्किमका पप गायक सल्लुम लामाको प्रस्तुत रहने



बुटवल । नेपाली नयाँ वर्षको उपलक्ष्यमा चर्चित पप गायिका रचना दाहाल र सिक्किमका पप गायक सल्लुम लामाले बुटवलमा प्रस्तुती दिने भएका छन् । बुटवलको प्लान बी क्लबमा यी दुई चर्चित कलाकारको कन्सर्टसहित नयाँ वर्ष २०८१ लाई स्वागत गरिने भएको हो ।

इभेन्ट बटौली र निर्विकल्पको संयुक्त आयोजनामा चैत्र ३० गते बुटवल कालिकानगरमा अवस्थित प्लान बी मा हुने कन्सर्टका लागि अनलाइन टिक बिक्री सुरु भैसकेको छ । इभेन्ट बटौलीका अध्यक्ष मनिस लामाका अनुसार भारत सिक्किमका पप गायक सल्लुमको नेपालमै प्रहिलो प्रस्तुती बुटवलमा दिने भएका हुन । नेपाल भ्रमणमा आउने उनले बुटवलपछि नारायणघाट, पोखरा तथा काठमाडौं लगायतका शहरमा समेत प्रस्तुती दिने छन् । नयाँ वर्षलाई स्वागत गर्ने दिनमै बुटवलका दर्शक श्रोताले उनको प्रस्तुति हेर्न पाउनु खुसीको कुरा भएको बुटवल इभेन्टका अध्यक्ष लामाले बताए । इभेन्टमा गायक सल्लुमलाई साथ दिन गितारिष्टहरु अशोक रसाइली, साइमन प्रधान, ड्रममा नपकुमार प्रधान, गितारिसस्ट स्मोकेट लेप्चा लगायतको उपस्थिती रहने छ ।

यसैगरी नेपाली युवामाझ लोकप्रिय रचना दाहालले समेत एकै मञ्चमा एकैरात प्रस्तुति दिने हुँदा दर्शकका लागि महत्वपूर्ण अवसर हुने निर्विकल्पका अध्यक्ष पुरुषोत्तम केसीले बताए । युवाहरु माझ विभिन्न इभेन्ट गर्दै आएको निर्विकल्पले गतवर्षको नयाँ वर्षमा काठमाडौंको एलओडीमा सांगेतिक आयोजना गरेको थियो भने यस वर्ष बुटवललाई रोजेको केसीले बताए । गायिका रचनालाई साथ दिन गितारिष्ट विजय कपाली, गिरिस श्रेष्ठ, बेस गितारिष्ट सनिस महर्जन, ड्रममा किरन शाही, साउण्डमा युकेश तथा डिलभको सहभागिता रहने अध्यक्ष केसीले बताए ।

विभिन्न समयमा युवाहरुमाझ इभेन्ट आयोजना गर्दै आएका दुई आयोजक कम्पनी बीचको समन्वयले यस वर्षको नयाँ वर्ष थप रमाइलो बन्ने आयोजको दाबी छ । न्यु इयर इभका लागि अनलाइन टिकट बुकिङ शुल्क १ हजार तथा डोर बुकिङका लागि १ हजार ५ सय रहेको आयोजकले जनाएको छ । अनलाइन बुकिङका लागि टिकट सञ्जाल तथा खल्तीबाट एप्लाई गर्न सकिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ५९ बजे

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम