२० भदौ २०८३, शनिबार | September 5, 2026

करिब १२ करोडको लगानीमा बुटवलमा खुल्यो ‘प्लान बि क्लब’



बुटवल । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रात्रीकालिन गितसंगित र मनोरन्जन दिने उद्धेश्यका साथ बुटवलमा ‘प्लान बि क्लब’ सञ्चालनमा आएको छ । करिब १२ करोडको लगानीमा प्लान बि क्लब संचालनमा आएको हो । डेढ वर्ष अघि आगलागीबाट क्षति ब्यहोरेको क्लब पुनः मर्मत गरि संचालनमा आउन लागेको हो ।

क्लबले सञ्चालनको पुर्व सन्ध्यामा शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबारबाट औपचारिक शुभारम्भ हुने ‘प्लान बि क्लब’ मा नेपालकै चर्चित व्याण्ड सविन एण्ड फ्यारोले सांगितिक माहोल मार्फत सफ्ट ओपनिङ गर्ने बताएको छ ।

बुटवलको मिलनचोक सिद्धार्थ कटेजको साइडमा खुलेको प्लान बि क्लबमा करिब ५.५ कठ्ठा क्षेत्रफलमा पुर्वाधार तयार भएको रेष्टुरेन्ट र डिस्को युवाहरुको मनोरञ्जनको लागि उत्कृष्ट गन्तव्य बन्ने संचालक सुरेस श्रेष्ठले दाबी गरेका छन । लाईट सिस्टम, साउण्ड सिस्टम र खाजा हाईजनिक रहेको छ ।

३०० जनाको सिटिङ्ग क्षमता रहेको क्लब भित्र एक हजार जनाले इभेन्ट गर्न सक्ने क्षमता रहेको छ । लगानी, पुर्वाधारका हिसाबले काठमाडौ र पोखरापछि बुटवलमा प्लान बि एक हो । साझको ६-१० बजेको समय फेमिली टाइमको अफर हुने छ ।

क्लबका प्रबन्ध निर्देशक कमल रानाले प्लान बिमा किचन, बार, सुरक्षा, सरसफाईका गरि ८० जना भन्दा बढि युवाहरुले रोजगार पाउने भएका छन । क्लबका संयोजक सन्तोष सुवेदीले बुटवलमा क्लब कल्चरको विकासमा महत्त्वपूर्ण योगदान दिने बताए ।

आकर्षक डिजाईनमा तयार भएको क्लबबाट पर्यटन प्रवर्द्धन हुने उनले बताए । पर्यटकहरु १० बाई २० को एलईडी स्क्रिन, उच्चस्तरको साउण्ड क्वालिटीको सेवा लिनेछन । यसगरि वर्थडे, एनिभर्सरीको लागि सेपरेट क्याबिन, फुल सिसिटिभि क्यामरा, हाई सेक्युरिटी सुबिधा रहेको छ ।

क्लबका संचालक जीवकान्त काफ्लेले भारतिय पर्यटकलाई बुटवलमा भुलाउन सकिने थलोको अभावको बेला यो उपयुक्त भएको दाबी गरे । रात्रीकालिन समयमा मनोरञ्जन दिन जिल्ला प्रशासन कार्यालयबाट १ बजेसम्म सेवाको स्वीकृति लिएको छ । डेढ वर्ष अघि नाईट क्लबमा आगलागी भएपछि तयार भएर सुचारु भएको हो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : ५४ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी