२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मुक्तिक्षेत्रको कागबेनी श्राद्धस्थलमा प्रभु बैंकको क्यु आर



मुस्ताङ । नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिईरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरण र सुबिधाका लागि“कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“लाई क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । आज एक सामारोका बीच बैकले श्राद्धस्थल व्यवस्थापन समितिलाई क्यु आर स्ट्याण्ड हस्तान्तरण गरेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँ पालिकाहरुमा ७ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराई रहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने आएको छ । मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवामात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

बहुचर्चित धार्मिक स्थल कागबेनीमा बडादसैँ र त्यस अघिको सोह्रश्राद्घ, चैतेदसैँ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट हजारौंको संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् । कागबेनीमा पिण्डदानगर्दा दिवंगतभएकाहरुले मुक्तिपाउने धार्मिक विश्वास रहेको छ ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुलनाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाहगर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ३९ बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ