१ पुस २०८२, मंगलबार | December 17, 2025

छिमेकसँगको साँध सीमा विवादलाई लामो सयमसम्म राखिरहनु कसैको पनि हितमा हुँदैन : सीमाविद् श्रेष्ठ



काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने धारणा राखेका छन् ।

त्रिभुवन विश्वविद्यालयको उपलकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा यसवर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कारबाट सम्मानित भएपछि उनले छिमेकी देशसँग नेपालको सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजङ बरालले उनलाई पुरस्कार प्रदान गरे । देशको सीमासम्बन्धी खोज अनुसन्धान तथा जागरणमा विषेश योगदान पु¥याएवापत सीमाविद् श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो ।

लामो समय अन्तर्राष्ट्रिय सीमासम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न श्रेष्ठले छिमेकी मुलुकसँगको सीमा विवाद यथासक्य छिटो समाधान गर्नुपर्ने समेत बताए । “छिमेकसँगको साँध सीमा विवादलाई लामो सयमसम्म राखिरहनु कसैको पनि हितमा हुँदैन”, उनले भने ।

सो अवसरमा उपकुलपति बरालले देशको सीमा र त्यसका विविध पक्षबारे सबैभन्दा जानकार सीमाविद् श्रेष्ठ नै भएको बताए । कुनै पनि नागरिकलाई आफ्नो देश चिन्न सीमाविद् श्रेष्ठकै अनुसन्धानले मद्दत गर्ने भएकोले दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार योग्य व्यक्तित्वले पाएको उनको भनाइ थियो ।

इतिहास, संस्कृति र ज्योतिष क्षेत्रका सर्जक स्व दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६३ सालमा स्थापित यो पुरस्कार हालसम्म ज्ञानमणि नेपाल, प्राध्यापक दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेश राज शर्मा, मदमणि दीक्षित, मोदनाथ प्रश्रित, जगमान गुरुङलगायतका प्रतिभालाई प्रदान गरिसकिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ५१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष