२१ भदौ २०८३, आइतबार | September 6, 2026

वैशाख ६ गते कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान



विराटनगर । कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार समावेदन गरेपछि
प्रदेश प्रमुख परशुराम खापुङ्गले अधिवेशन आह्वान गरेका ह्न ।

बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेको प्रदेशप्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संविधानको धारा १८३ को उपधारा ३ अनुसार वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभाका एक चौथाइभन्दा बढी सदस्यले विशेष अधिवेशन माग गर्दै समावेदन गरे विशेष अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

विपक्षी दलहरुले प्रदेशसभाको विशष अधिवेशन बोलाउने तयारी गरेको थाहा पाएपछि मुख्यमन्त्री केदार कार्कीले यही चैत २६ गते प्रदेश प्रमुख समक्ष जेठ ११ गते प्रदेशसभा अधिवेशन बोलाउन सिफारिस गरेका थिए। तर विपक्षी दलहरुको अधिवेशन आह्वानको पत्र सरकारको पत्रभन्दा पहिल्यै प्रदेशकार्यालयमा दर्ता भैसकेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ४ : ५२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका