८ कार्तिक २०८३, आइतबार | October 25, 2026

वैशाख ६ गते कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान



विराटनगर । कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार समावेदन गरेपछि
प्रदेश प्रमुख परशुराम खापुङ्गले अधिवेशन आह्वान गरेका ह्न ।

बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेको प्रदेशप्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संविधानको धारा १८३ को उपधारा ३ अनुसार वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभाका एक चौथाइभन्दा बढी सदस्यले विशेष अधिवेशन माग गर्दै समावेदन गरे विशेष अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

विपक्षी दलहरुले प्रदेशसभाको विशष अधिवेशन बोलाउने तयारी गरेको थाहा पाएपछि मुख्यमन्त्री केदार कार्कीले यही चैत २६ गते प्रदेश प्रमुख समक्ष जेठ ११ गते प्रदेशसभा अधिवेशन बोलाउन सिफारिस गरेका थिए। तर विपक्षी दलहरुको अधिवेशन आह्वानको पत्र सरकारको पत्रभन्दा पहिल्यै प्रदेशकार्यालयमा दर्ता भैसकेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ४ : ५२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको