१६ चैत्र २०८२, सोमबार | March 30, 2026

गण्डकीमा भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्याइदै



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय रहेकोमा दलहरुबीच भागबण्डा पुर्याउन १२ मन्त्रालय बनाउने तयारी गरिएको हो ।

सरकारका प्रवक्ता हरिबहादुर चुमानका अनुसार मंगलबार बसेको मन्त्रपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेको र सो निर्णय संघमा सिफारिस गरिएको छ ।

मुख्यमन्त्री अधिकारी माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सरकार दाबि गर्दा सभामुखलाई समेत समावेश गरेपछि उनको नियुक्ति विवादमा रहेको छ । यो विषय अहिले सर्वोच्चमा छ र सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश समेत दिएको छ । साथै सर्वोच्चले यो विषयको पूर्ण सुनुवाई बैशाख १० गते गर्ने बताएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ३ : २४ बजे

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार