१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

ललितपुर महानगरपालिकामा अब वातावरण प्रहरी



ललितपुर । ललितपुर महानगरपालिकाले वातावरण प्रहरी राख्ने भएको छ । ललितपुर महानगर र यूएसएड स्वच्छ हावाको सहकार्यमा आजदेखि वातावरण प्रहरी सम्बन्धी तालिम शुरू गरेको हो।

तालिमको उदघाटन गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बल भन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागीलाई वातावरण प्रहरीको भुमिका निभाउन आग्रह गरे ।

पहिलो चरणमा वातावरण प्रहरीको तालिम १५ जनालाई दिइने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले बताए । तीनदिन चल्ने तालिममा वातावरण सम्बन्धी विद्यमान ऐन कानून, फोहरमैला व्यवस्थापन, बोट बिरुवा संरक्षण तथा व्यवस्थापन विधि र वायु प्रदूषण चुनौतीलगायत समेटिने बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ८ : ०३ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको