२२ मंसिर २०८२, सोमबार | December 9, 2025

ललितपुर महानगरपालिकामा आगलागी आपत्कालीन सूचना प्रणाली



पाटन । ललितपुर महानगरपालिकाले आगलागी आपत्कालीन सूचना प्रणाली सुरुआत गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले आज पाटन दरबार क्षेत्रमा स्वीच जडान गरेर आगलागी आपत्कालीन सूचना प्रणालीको सुरुआत गरेका हुन ।

उक्त प्रणालीको शुभारम्भ गर्दै उनले आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रण गर्न मद्दत पु¥याउने उद्देश्यले यो प्रणाली जडान गरिएको बताए ।

“हामीले यस प्रणालीलाई परीक्षणस्वरूप सञ्चालनमा ल्याएका छौँ, प्रभावकारी देखिए ललितपुर महानगरका सबै चोकमा विस्तार गर्ने योजना छ । अहिले हामीले नमूना परिक्षण गर्न खोजेका हौँ । यसको कार्यक्षमता परीक्षण गरिँदैछ”, प्रमुख महर्जनले भने ।

ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा अन्य नगरपालिकाभन्दा अघि बढेर काम गर्दै आएको उनको दाबी थियो । विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्न र आगलागी नियन्त्रणका लागि दुई दमकल किन्ने निर्णय गरिएको उनले बताए । यसअघि सो महानगरपालिकाले विपद् वा आकस्मिक गुनासो सुन्न ११३१ नम्बरको टोल–फ्रि सेवा सञ्चालनमा ल्याइसकेको छ ।

आगलागीबारे जानकारी दिन एलएमसी एपबाट स्वीच थिचेको सात सेकेन्डमा महानगरको प्रहरी कन्ट्रोलमा साइरन बज्ने प्रणाली सञ्चालन गर्न विद्युत् आपूर्ति बन्द हुँदा पनि ४८ घण्टासम्मको ब्याकअपका लागि ब्याट्रीको व्यवस्थापन गरिएको अग्निनियन्त्रक राजकुमार ठकुरीले जानकारी दिए । मङ्गलबजारमा जडान गरिएको उक्त प्रणाली विस्तारै टोलटोल, उद्योग, कलकारखानामा राख्ने तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ४० बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट