१६ असार २०८३, मंगलबार | June 30, 2026

सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो



काठमाडौं । सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा २८ बर्षिय सुजनले आइतबार जिब्रो छेडेका हुन् । उनले अघिल्लो वर्ष पनि  जिब्रो छेडेका थिए ।

सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए ।

विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने बताए । त्यसयता पुनः बुद्धकृष्णले २०७९ सम्म जिब्रो छेडाएका थिए ।

जात्राको हालसम्मको प्रमाणअनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : २४ बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग