८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

डढेलो निभाउने प्रयास गर्दा गुल्मीमा एकजनाको ज्यान गयो, एकजना घाइते



गुल्मी । गुल्मीमा डढेलो नियन्त्रणका क्रममा घाईते भएका मध्य एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका(१ तल्लो पौदिस्थित सल्लाघारिमा लागेको डढेलो निभाउने क्रममा आज (सोमबार) विहान साढे ११ बजेतिर दुई जना घाईते भएका थिए ।

घाइते मध्ये स्थानीय ५८ वर्षीय महले घर्तिको मृत्यु भएको हो । उनको गुल्मी अस्पतालमा उपचारक्रममा दिउँसो करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेको गुल्मी प्रहरीले जनाएको छ ।

पौदि स्थित सर्बोदय माविको जग्गाको सल्लाघारिमा डढेलो निभाउने क्रममा मृतक घर्तीसहित ५२ वर्षीय स्थानीय रेशम थापा चिप्लिएर करिव १५० मिटर तल खस्दा गम्भीर घाईते भएका थिए । थापाको गुल्मी अस्पतालमा उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : ४२ बजे

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना न्यून

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले