२५ माघ २०८२, आइतबार | February 8, 2026

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता



श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही-उद-दिन भटले भने, “हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।” धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् ।

काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ११ : ४५ बजे

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ

प्राधिकरणले कर्मचारीलाई भन्यो : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग

‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको

टी-२० विश्वकपमा नेपालको आज ऐतिहासिक सुरुवात, पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो भिडन्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत