१७ बैशाख २०८१, सोमबार | April 30, 2024

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह



बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ मा नवनिर्मित बैंकको आफ्नै कार्यालय भवनबाट आजदेखि सेवा दिन सुरु गरिएको हो । आज (मंगलबार) आयोजित एक औपचारिक कार्यक्रमकाबीच बैंकको कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईश्तियाक अहमद खाँ तथा माछापच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उदघाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख खाँले माछापुच्छ्रे«े बैंक लि. ले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुसी व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना दिए ।

बैंकको संचालक समितिका अध्यक्ष केसीले माछापुच्छ्रे«े बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउन्े लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको वताए । उनले बैंकले गुणस्तरिय सेवा प्रदानगर्नको लागि कुनै पनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारी, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ३८ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल