२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन



बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने युवा युवतीहरुलाई लक्षित गरेर लोकसेवा तैयारी कक्षा सन्चालनमा ल्याएको छ । विशेष गरेर निजामती, कानुन, सुरक्षानिकायमा जागिर गर्न चाहनेहरुका लागि लोकसेवा तयारी कक्षा सन्चालन गर्न सुरु गरेको हो ।

नेपालमा सरकारी वा विभिन्न निकायमा जागिर खान चाहने युवा युवतीहरुलाई आधुनिक प्रविधी र बिज्ञहरुद्वारा अध्यापन गराउने गरी क्लास सन्चालन गरीएको कम्पनीका व्यवस्थापक भिम पौडेलले जानकारी दिए ।

लगावका साथ काम गरे नेपालमा नै केही गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नेपालमा रोजगारीका धेरै संभावना रहेको तेसैका लागि प्रक्टिकल सहितको अध्यापन आवश्यक रहेको सस्थाका अध्यक्ष सागर केसीले बताए । युवाहरु धेरै विदेश पलाएन हुने पछिल्लो परीपाटीलाई रोक्न लोकसेवा तैयारी कक्षा सन्चालन गरिएको अध्यक्ष केसीको भनाई छ ।

इन्ष्च्यिुटमा निजामती तर्फ खरिदार, नायब शुब्बा, शाखा अधिकृत स्तरको पढाई हुने छ भने बैकिङ्ग तर्फ नेपाल राष्ट्र बैक, राष्ट्रिय वाणिज्य बैक, कृषि बिकास बैक, नेपाल बैक लिमिटेड र सुरक्षा निकाय तर्फ जवान, असई, प्रहरी निरिक्षक, सेकेण्ड लप्टीनेन्ट, ओभरसियर, अहेब, अनमी, ल्याव टेक्निसियन, शिक्षक आयोग बारे तैयारी कक्षा सन्चालन हुने व्यवस्थापक पौडेलले बताए ।

अध्यापनमा सँगै प्रयोगात्मक पक्षलाई समेत जोड दिने सन्चालक जिबनाथ पान्डेले बताए । गरिब जहेन्दार विपन्न विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरीएको छ । सुभारम्भ कार्यक्रममा फटिक केसी लगाएतले सुभकामना दिएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ३१ बजे

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी