४ पुस २०८२, शुक्रबार | December 19, 2025

जस बटलरको शतकमा राजस्थान रोयल्सको जित



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटको पराजित गरेको छ ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । ३६ बलमा ९६ रन चाहिएको अवस्थाबाट बटलरले अन्तिम समयसम्म खेल्दै टोलीलाई जिताएका हुन् । बटलरको जारी प्रतियोगिता यो दोस्रो शतक हो ।

यस्तै, रियान परागले ३४ तथा रोभम्यान पावेलले ६ रन बनाए । यशस्वी जैसवाल १९, सञ्जु स्यामसन १२, रविचन्द्रन आश्विन ८ र शिम्रन हेटमायर डक आउट भए । कोलकाताका हर्षित राना, सुनिल नारायण र बरुण चक्रवर्तीले दुई-दुई विकेट लिए ।

त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्कासहित सर्वाधिक १०९ रन बनाए । नारायणको यो आईपीएल करिअरको पहिलो शतक हो । फिलिप साल्ट १०, रघुवंशी ३०, श्रेयस ऐर ११, आन्द्रे रसेल १३ र रिंकु सिंहले २० रन बनाए ।

राजस्थानका आवेश खान र कुलदीप सेनले दुई–दुई विकेट लिए । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एकरएक विकेट लिए । राजस्थान ७ खेलमा ६ मा जितका साथ १२ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : ०० बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा