४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ



काठमाडौं । आइसीसीको टी- २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११ औं स्थानमा उक्लिएका हुन् ।

यसअघि २५ औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११ औं स्थानमा उक्लिएका हुन् ।

दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर अन्तर्राष्ट्रिय रुपमै चर्चामा रहेका छन् । उनी टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इण्डिजका केरन पोलार्डपछि तेस्रो खेलाडी बनेका छन् ।

त्यस्तै दिपेन्द्रले टी-२० ब्याट्सम्यानको वरियतामा भने १६ स्थान सुधार गर्दै ६१औं स्थानमा रहेका छन् ।

त्यस्तै टी- २० ब्याट्सम्यानको वरियतामा नेपालका ओपनर आसिफ सेखले ३६ स्थानको सुधार गर्दै ७५औं स्थानमा आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : ०९ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा