२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित



काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी भएको छ ।

हिजोको जितसँगै लखनउले ७ खेलबाट ४ जित निकाल्दै ८ अंक बनाएको छ । चेन्नईले दिएको १७६ रनको लक्ष्य १९ ओभरमा लखनउले २ विकेट गुमाएर पूरा गरेको थियो । लखनउका लागि कप्तान केएल राहुल र क्विन्टन डि ककले अर्धशतक बनाए । राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे।

डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। यस्तै निकोलस पूरनले २३ र मार्कस स्टोइनिसले ८ रन बनाए । चेन्नईका लागि मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले समान १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।चेन्नईका लागि रविन्द्र जडेजा ५७, अजिंक्य रहाणे ३६, मोइन अली ३० र महेन्द्र सिंह धोनीले २८ रन बनाए । लखनउका क्रुणाल पाण्ड्याले २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि विश्वोई र मार्कस स्टोइनिसले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ७ : २० बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३