१९ असार २०८३, शुक्रबार | July 3, 2026

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित



काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी भएको छ ।

हिजोको जितसँगै लखनउले ७ खेलबाट ४ जित निकाल्दै ८ अंक बनाएको छ । चेन्नईले दिएको १७६ रनको लक्ष्य १९ ओभरमा लखनउले २ विकेट गुमाएर पूरा गरेको थियो । लखनउका लागि कप्तान केएल राहुल र क्विन्टन डि ककले अर्धशतक बनाए । राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे।

डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। यस्तै निकोलस पूरनले २३ र मार्कस स्टोइनिसले ८ रन बनाए । चेन्नईका लागि मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले समान १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।चेन्नईका लागि रविन्द्र जडेजा ५७, अजिंक्य रहाणे ३६, मोइन अली ३० र महेन्द्र सिंह धोनीले २८ रन बनाए । लखनउका क्रुणाल पाण्ड्याले २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि विश्वोई र मार्कस स्टोइनिसले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ७ : २० बजे

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको