१० बैशाख २०८३, बिहिबार | April 23, 2026

हैदरावादसंग दिल्ली ६७ रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा ओपनर ट्रेभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ । सुरुमा ब्याटिङ गरेर २६६ रन बनाएको हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो ।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै २६७ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

हैदरावादका लागि ओपनर हेडले सर्वाधिक ८९ रन बनाए । ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे । अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउट हुँदा शाहबाज अहमद ५९ रनमा अविजित रहे ।

दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए भने मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट हात पारे ।

२६७ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्स १९ ओभर १ बलमा १९९ रन बनाएर अलआउट भयो । दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले अर्धशतकीय इनिङ खेले । उनले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाए । कप्तान ऋषभ पन्त ४४, अभिषेक पोरेलले ४२ रन बनाउँदा ओपनर पृथ्वी शाले १६ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

दिल्लीलाई सस्तैमा समेट्न हैदरावादका लागि टि नटराजनले एक्लै ४ विकेट हात पारे । मयंक मार्कण्डे र नितिश कुमार रेड्डीले २-२ विकेट हात पार्दा भुवनेश्वर कुमार र वासिङ्टन सुन्दरले १-१ विकेट लिए ।

यो जितसँगै सात खेल खेलेको हैदरावाद १० अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । आठ खेल खेलिसकेको दिल्ली भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

आइपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कलकाता नाइट राइटर्स र रोयल च्यालेन्जर्स बंग्लोरबिच हुँदैछ । यो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा पञ्जाब किंग्स र गुजरात नाइटनले प्रतिस्पर्धा गर्नेछन् । यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ४५ बजे

सरकारद्वारा राष्ट्रपतिसमक्ष संसद् अधिवेशन स्थगनको सिफारिस, नयाँ मिति अनिश्चित

काठमाडौं । सरकारले यही वैशाख १७ गतेका लागि आह्वान गरिएको

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न वीरगञ्ज महानगरको अनुरोध

वीरगञ्ज । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको

कांग्रेस संसदीय दलको विधान पारित, नेता चयनका लागि भोलि निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा