१६ असार २०८३, मंगलबार | July 1, 2026

बुटवलमा मदन भण्डारीको स्मृति दिवसको अवसरमा हाफ् म्याराथन प्रतियोगिता हुने



बुटवल । नेकपा एमाले तत्कालिन महासचिव स्व. मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले रुपन्देहीको बुटवलमा स्व. मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा जेठ ३ गते दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

गत वर्ष शान्तीको कामनासहित भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यश पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो । सबैका लागि खेलकुंद भन्ने नाराका साथ बालकदेखि वृद्वासम्मको दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्टस एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी गराए । २१ किलोमिटरको हाफ् म्याराथन प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिन पाउने उनले बताए । त्यस्तै १० किलोमिटर कलेज स्तरीय र ५ किलोमिटरको विद्यालय स्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ ।

६० वर्ष माथिका जेष्ठ नागरिकको लागि वाकाथन प्रतियोगिता पनि सँगसँगै राखिएको खेल संयोजक मोहन घलेले जानकारी दिए । खुला रेसको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौ २० हजार र छैटौं १० हजार रहेको छ । त्यस्तैगरी १० किलोमिटर दौडको प्रथम ३५ हजार, द्वितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथौं १० हजार र पाँचौ र छैटौंको क्रमस: ७ र ५ हजार रहेको छ ।

छात्र छात्रा दौडको विजेताले प्रथम पुरस्कार छात्रतर्फ क्रमश: २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । भने, छात्रातर्फ १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तीब्र पारिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । एकेडेमीले कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई दुई वर्ष पुग्ने औषधिका लागि रकम पनि सोही अवसरमा प्रदान गर्ने अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : ०१ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी