२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु



बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको छ । लुम्बिनी भिजन युवा क्लब रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा आजदेखि भलिबल प्रतियोगिता शुरु भएको हो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तरगर्त भलिबल प्रतियोगिता २०८१ तथा खेलाडि सम्मान कार्यक्रम बुटवलमा शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले खेलले मानिसलाई सधै पुनर्ताजगी बनाउनुको साथै शारिर स्वास्थ्य राख्न पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

यसकारण पनि मानव स्वास्थ्यलाइ समेत जोडेर अहिले बुटवल उपमहानगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने सहिदहरुको त्याग, तपस्या र बलिदानीको स्मरण गर्दै खेल मार्फत युवाहरुलाई एकिकृत गर्ने प्रयासमा क्लव जुटेको छ उक्त कार्यमा उपमहानगरपालीका पनि संगै सहकार्य गरेको बताए ।

स्थानीय जनताको आवश्यकता र मागका आधारमा पालीकाले सेवा सुविधा दिने गरेको बताउदै आगामि दिनमा पनि सोही कल्वले बिभिन्न सामाजिक कार्य गर्दै नगर सगँ समन्वय गरी अगाडि बढ्न सुझाव दिए ।

बुटवल नगर भित्र कुनै एक क्षेत्रमा सहिदहरुको नाममा सहिद स्मृति पार्क निमार्णका लागि पहल गर्न अनुरोध गर्दै त्यसका लागी आवश्यक सहकार्य सहित बजेट विनियोजन गर्न बुटवल उपमहानगरपालिका तयार रहने प्रतिवद्धता ब्यक्त गरे प्रमुख पाण्डेले कार्यक्रम बारे सफलताको शुभकामना दिदै यस क्लबले समाजका युवा, महिला,जेष्ठ नागरिक र बालबालिकको क्षेत्रमा पनि संघ र प्रदेश सरकार सगँ सहकार्य गरी सामाजिक कार्य गर्दै अगाड बढ्न सुझाव दिए ।

अहिले उक्त खेलमा १३ जना समूहको सहभागीता रहेको छ । ११ पुरुषको समूह छ भने २ महिलाको समूह सहभागी छ । खेलकुद प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३५ हजार राशीको पुरस्कार सहित मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ भने दोस्रो हुने समूहलाई नगद ३० हजार सहित मेडल र प्रमाण पत्र, तेस्रो हुने समूहलाई नगद २५ हजार सहित मेडल र प्रमाण पत्र र सान्तवना हुने समूहले नगद २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

त्यस्तै उक्त कार्यक्रमको अन्तिम दिन समापनमा बुटवल उपमहानगरपालीका भित्र रहेका राष्ट्रिय खेलाडिहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष नारायण जि।सी निर्मलले जानकारी दिए । गणतन्त्र प्राप्तिको निम्ति शाहदत प्राप्त गरेका महान सहिदहरुको सम्झनामा यो खेलको आयोजना गरिएको हो उनले भने । बुटवल उपमहानगरपालिकामा रहेको खेलाडिहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने गरी कार्यक्रमको आयोजना गरिएको सोहि क्लबका अध्यक्ष जिसिले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : २२ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको