८ चैत्र २०८२, आइतबार | March 22, 2026

रुपन्देहीको मोर्डन स्कुलको वार्षिक उत्सव सम्पन्न



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग स्कुलले आफनो १६ औं वार्षिक उत्सव तथा शैक्षिक सत्र २०८० को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिक उत्सव कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका नगरप्रमुख फणिन्द प्रसाद शर्माले रुपन्देही मोर्डन स्कुल विभिन्न शैक्षिक गतिविधिमा नगरकै उत्कृष्ठ रहेको बताएका थिए । विद्यार्थीहरुको अध्यापन राम्रो रहेको भन्दै रुपन्देही मोर्डन स्कुलबाट पासआउट भएका विद्यार्थीहरुले अन्य विद्यालयहरुमा राम्रो नतिजा ल्याउन सफल रहेको बताए । विद्यार्थीहरुलाई अध्यापन सँगै ब्यवहारिक ज्ञान दिन जरुरी रहेको भन्दै नगर प्रमुख शर्माले भने शिक्षकहरुले किताबी ज्ञान सगै ब्यवहारिक सिकाई सहितको अध्यापन गराउन आग्रह गरे ।

बालबालिकाहरु धेरै जिज्ञासु हुने भएकाले विद्यालयमा पढाउँदा बालबालिकाले राखेका प्रश्नहरको जवाफ राम्रो सँग दिने र नजाने भोलि आफुले सिकेर उनिहरुलाई सिकाउन शिक्षक शिक्षिकाहरुलाई आग्रह गरे ।

बालबालिकाहरुले कुनैकुरामा प्रश्न गरे उसलाई डराउन दिने गाली गर्ने कुरालाई अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ । सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेल्बासेले रुपन्देही मोडन स्कुल आफैमा शैक्षिक क्षेत्रमा पहिचान बनाएको स्कुलको रुपमा रहेको बताईन । नगरले लिने हरेक कृयाकलापमा मोडल स्कुलको नतिजा राम्रो रहेको भन्दै यसलाई थप गदै कितावका ज्ञान सँगै अन्ने खेलकुद सास्कृतिक प्रविधिक ज्ञान दिन जरुरी रहेको बताईन ।

नगरपालिकाका बडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी, वडा ५ का बडा अध्यक्ष धन प्रसाद पौडेलले पिछल्लो समय निजी विद्यालयको शैक्षिक क्षेत्रमा योगदान महत्वपूर्ण रहेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सागर केसीले विद्यालयमा शैक्षिक सुधारका लागिरहेको बताए । व्यवहारिक ज्ञान सिप आजको आवश्यकता रहेको भन्दै मोडन स्कुलले सोही अनुसार अध्यापन गराउदै आएको बताए । हाम्रो विद्यालयबाट पास आउट भएर अन्यत्र जाने विद्यार्थीहरुको नतिजाले राम्रो रहेको भन्दै यसलाई निरन्त्रता दिने अध्यक्ष केसीको भनाई छ ।

कार्यक्रममा लिल बहादुर केसी, प्रकाश पौडेल, शिक्षक देवान राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु उत्कृष्ट अध्यापन गराउने शिक्षक शिक्षिका, कर्मचारीलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक जे एन पाण्डेले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ४९ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल