२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं



काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् ।

उनले भनेकी छन्-  

साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू सबै सहमत छौँ भने पछि यसमा विवाद हुनु पर्ने जस्तो केहि पनि नहुनु पर्ने हो । बरू राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकहरूको आफ्नो पार्टीमा भएको सदस्यता खारेज गरियो भन्ने आधिकारिक विज्ञप्ति आउनु पर्ने हो ।

माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात गर्ने दलहरूको चरित्र थाहा पाएर शिक्षकहरू स्वयमले पनि दलबाट स्वतन्त्रता खोज्नु पर्ने हो । दलीय शिक्षक संगठन खारेज हुनु पर्छ भन्ने मत हुँदाहुँदै पनि खारेज नहुनुको कारण राजनीतिक स्वार्थ र कहिलेसम्म उपयोग गर्ने भन्ने भन्दा अरू के होला र ?

अनुरोध गर्छु, शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो । शिक्षकको आदर्श र महत्वको प्रदुषण हो । शिक्षकहरूको सरुवा, बढुवा र समग्र वृत्तिविकासको लागि राजनैतिक दलको झण्डा बोक्नै पर्ने अवस्था छ भन्ने गुनासो सुनेको छु । त्यसको लागि पारदर्शी प्रकृया तोकौं, मेरिटको आधारमा गरौं, दलको अघि शीर झुकाउनु पर्ने नबनाऔँ । शिक्षकहरूलाई सम्मानपूर्वक आफ्नो काम गर्न दिउँ । सबै शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौँ । विश्वास छ, यति प्रष्टरूपमा दलका शिक्षक संगठन चाहिदैन भन्ने साथीहरूले यो अभियानमा सहयोग गर्नुहुनेछ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : १४ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८