१९ माघ २०८२, सोमबार | February 2, 2026

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश



बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले स्थापनाको ६ वर्षमै १ लाख ८१ हजारलाई ओपिडी सेवा प्रदान गरेको छ ।

स्थापनाको ७ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार पत्रकार सम्मेलन गर्दै अस्पतालले हालसम्म प्रदान गर्दै आएका सेवा तथा भावि योजना बारे जानकारी गराएको छ । हस्पिटलले स्थापनाको ६ वर्ष पूरा गरी ७ औं वर्ष प्रवेशको अवसरमा ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउँदै छ । स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण, निशुल्क स्वास्थ्य परीक्षण तथा विभिन्न सेवामा छुटको व्यवस्था गरेको छ ।

वैशाख १२ देखि १४ गतेसम्म निःशुल्क ईसिजी सेवा, ल्याव परीक्षणमा २० प्रतिशत छुटको व्यवस्था तथा फूलवडी चेकअपमा विशेष छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष दिपेश प्रधानले जानकारी दिए । यसैगरी ७० वर्ष माथिकालाई निःशुल्क टिकटको व्यवस्था, प्रत्येक महिनाको पहिलो शनिबार ५ सय रुपैयाँमै थाइराइड परीक्षण लगायतको सेवा प्रदान गर्दै आएको अस्पतालले निःशुल्क सुगर परीक्षणको समेत व्यवस्था मिलाउने तयारी भैरहेको अध्यक्ष प्रधानले जानकारी दिए ।

यस क्षेत्रमै दम, छाती तथा श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सेवाका कारण पहिचान बनाएको उनले दाबी गरे । यसैगरी मुटु, फोक्सो, मृगौला, दम, युरोसर्जरी, हाडजोर्नी, महिला तथा स्त्रीरोग, नसा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सुविधा दिँदै आएको सिद्धबाबा अस्पतालले सरकारबाट २४ बेडको मान्यता प्राप्त गरेको छ भने १० वटा आईसियु बेडको सेवा दिंदै आएको निर्देशक यमन चन्द प्रधानले बताए । सामाजिक उत्तरदायित्वमा समेत अग्रस्थानमा रहेको अस्पतालको दाबी छ । यसैगरी ७० वर्षभन्दा माथि, विपन्न, अपाङ्गता भएका बिरामीहरुलाई ओपिडिमा निःशुल्क सेवा दिदै आएको उनले बताए । समयसापेक्ष अस्पताल साँघुरो भएकाले एक सय बेडको अस्पतालका रुपमा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

युवा चिकित्सकहरु र परिवारबाट १० करोड लगानीबाट शुरु गरिएको अस्पताललाई स्तरिकरण गरि एक सय बेडमा लैजान एक अर्ब आवश्यक हुने र त्यसका लागि सेयर सदस्य थप, संघ–संस्थाहरुसँग सहकार्य, बैंक तथा वित्तीय संस्थासँग लगानी आह्वान गर्ने लगायतका प्रक्रियाहरु अघि बढाउने योजना रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेको अनुसार वार्षिक अस्पतालमा २५/३० हजार बढी बिरामीहरु उपचारका लागि आउने गरेका छन् । हस्पिटलमा नेपाल सरकारको मान्यता अनुसार निःशुल्क डायलोसिस सेवा समेत दिँदै आएको छ । ‘पाँच वटा मेशिनबाट निरन्तर २० जनालाई दैनिक सेवा दिदै आएका छौ’- उनले भने । अस्पतालले गर्ने डायलासिसको खर्च समयमा सरकारबाट प्राप्त नहुँदा आर्थिक समस्या बढेको उनले बताए । ‘सेवाको रिपोर्ट मासिक पेश गरेपनि भुक्तानीमा समस्या छ ।’- उनले भने ।

अस्पतालमा लुम्बिनी प्रदेशसहित अन्य १० जिल्लाका बिरामीहरु सेवा लिने गरेका छन् । अस्पतालले लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्युठानका विभिन्न पालिकाहरुमा निःशुल्क मृगौला, मधुमेह लगायतका शिविर तथा सचेतनाका कार्यक्रम समेत गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बताए । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकहरु, ५ जना मेडिकल अफिसरसहित करिब एक सय चिकित्सक, कर्मचारीहरु कार्यरत छन् । भविष्यमा क्याथल्याव सेवा सञ्चालन गर्ने योजनामा रहेको न्यौपानेले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ४३ बजे

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा

राष्ट्रियसभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई