२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै



बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ ।

हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए ।

चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ ।

इन्जिनियर पुनले भने, “ हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ । रासस

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : ३३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष