१० बैशाख २०८३, बिहिबार | April 23, 2026

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ४५औं मिनेटमा भलेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अंकले पछाडी रहेको छ । त्यसैगरी भलेन्सियाको भने ३३ खेलमा ४७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : २१ बजे

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

२७५ ग्राम ब्राउनसुगर सहित खजुराका खाँ पक्राउ

नेपालगन्ज । बाँकेको खजुराबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन

मन्त्रिपरिषदको तीन निर्णय, प्रहरीको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय उल्ट्याइयो

काठमाडौँ । विभिन्न तीनवटा निर्णय गर्दै आज बसेको मन्त्रिपरिषद् बैठक

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी राज्य प्रणाली : श्रम संस्कृतिको संविधान संशोधनमा सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीले बालेन्द्र सरकारले प्रस्ताव गरेको संविधान