७ आश्विन २०८३, बुधबार | September 23, 2026

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण



म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको-६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा रु दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् ।

ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ । गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो ।

आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको रु एक करोड १५ लाख सहयोग र उपभोक्ताको श्रमदानसहित रु दुई करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । ट्रष्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका दुई हजार तीन सय ८० खानेपानी आयोजनाबाट ६३ हजार घरपरिवार लाभान्वित भएका जनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : ५७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११