८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?



काठमाडौं । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टी-२० विश्वकप खेल्ने भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट), सञ्जु सैमसन (विकेट), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।

त्यस्तै रिजर्भ खेलाडीमा शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई राखिएको छ ।

आगामी टी-२० विश्वकपमा भारत समुह ए मा रहेको छ । समुह ए मा भारतसहित पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् ।

विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ३५ बजे

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना न्यून

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले