१० श्रावण २०८३, आइतबार | July 26, 2026

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ



इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्बाङले इलामेली मतदातालाई कुनै प्रकारको सङ्कोच नुहुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

“म मेरो बुबा (सुवासचन्द्र नेम्बाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै सङ्कोच नहुने गरी काम गर्नेछु,” उनले भने, “मलाई निर्वाचित गराउनुभएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु ।”

कार्यक्रममा सांसद नेम्बाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा सांसद महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : १५ बजे

दाङको राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा