८ पुस २०८२, मंगलबार | December 23, 2025

अबको राजनीतिको दिशा केहो भन्ने उपनिर्वाचनले देखाएको छ : महासचिव पोखरेल



बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दियाको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले उपनिर्वाचनको परिणामले जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टी भएको बताए ।

२०७९ सालको चुनावमा पनि जनताले रोजेको पहिलो पार्टी एमाले थियो, उनले भने, ‘संसदमा नेपाली काँग्र्रेस पहिलो भयो, जनताले एमाले रोज्ने चुनावको परिणाम काँग्रेसको पक्षमा देखिने यो कस्तो लोकतन्त्र हो ?’ आफुले रोजेको पार्टीले सरकार चलाउन नपाएपछि जनता निराश भएको बताउँदै अब एमालेले सरकारमा कुर्सीको भागबण्डामा भन्दा पनि २०८४को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्ने तर्फ ध्यान दिने बताए । आउने चुनाव पछि नेकपा एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामाथ्र्यमा पुग्ने उनको दाबी छ ।

उनले नेकपा एमाले जनताको आशा र भरोसको केन्द्रविन्दु भएको गर्दै पछिल्लो समयमा जातिय राजनीति र नयाँ दलको नाममा एमालेलाई थोरै समस्या भएको बताए । उनले नयाँ दलको राजनीति सकिएको जिकिर गरे । । ‘जातिय नाममा रेशमचौधरीले गरेको राजनीतिको अब सकियो । त्यसको उदाहरण पछिल्लो उपनिर्वाचन हो, जनताले पहिचानवादी र जातिय राजनीति रुचाउन छोडे ।’ उनले भने ।

लुम्बीनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले अधिवेशनमा शुभकामना दिँदै १० औ अधिवेशनले बर्दियामा एमालेको पुरानो विरासत फर्काउने गरी सबै पार्टी सदस्यलाई लाग्न निर्देशन दिए ।

नेकपा एमाले बर्दियाको १० औँ जिल्ला अधिवेशन उद्घाटनमा लुम्बीनी प्रदेशका पूर्व मुख्यमन्त्री, नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरी,केन्द्रिय सदस्यहरु, प्रदेश सदस्यहरु लगायत विभिन्नतहको नेताहरुको उपस्थीती रहेको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : १२ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस